तस्बिर : आदर्शसञ्चारबाट
बागलुङ, ५ पुस– लागूऔषध गाजा–चरेश मुद्दामा बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ति दोषी ठहर, वन्यजन्तुको चोरी सिकारमा संलग्न रहेको आरोपमा मुस्ताङबाट दुई जना पक्राउ,
बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्दामा दोषी ठहर भएका छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागूऔषध मुद्दामा दोषी ठहर भएका हुन् ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गर्ने क्रममा घर्तिसम्म पुगेको प्रहरीले उनको घरबाट गाँजा धुलो पारिएको अवस्थामा बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा÷चरेस–नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता गरेको थियो । अध्यक्ष घर्तीलाई अदालतले दोषी ठहर गरेपनि सजाय भने तोकेको छैन । सजायका लागि अर्को पेसी तोकिने अदालतले जनाएको छ ।