२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

एमाले गण्डकी संसदीय दलको नेतामा खगराज अधिकारी चयन


जनमञ्च संवाददाता
  • १० पौस २०७९ , आइतबार

  • एमाले गण्डकी संसदीय दलको नेतामा खगराज अधिकारी चयन

    पोखरा, १० पुस– नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चुनिएका छन् । संसदीय दलको आइतबार पोखरामा बसेको बैठकले अधिकारीलाई सर्वसम्मत दल नेता चुनेका हुन् ।
    अधिकारीलाई संसदीय दलका नेता चुन्न सांसद लिलाबहादुर थापा प्रस्तावक र रोशन गाहा मगर समर्थक थिए । अधिकारी संसदीय दलका नेता चुनिए पनि उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न बाँकी छ । आगामी बैठकले बाँकी पदाधिकारी सर्वसम्मत चुन्ने सांसद थापाले बताए ।
    एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी दलका नेता चुनिएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । संघमा एमाले नेतृत्वमा गठबन्धन बनेसँगै प्रदेशमा पनि त्यसको असर देखिन थालेको छf।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend