२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

रुपा गौतम हत्यकाण्डको छानविन गर्न गृहमन्त्रीको ध्यानाकर्षण


जनमञ्च संवाददाता
  • १९ पौस २०७९ , मंगलबार

  • रुपा गौतम हत्यकाण्डको छानविन गर्न गृहमन्त्रीको ध्यानाकर्षण

    बागलुङ, १९ पुस– जिल्लाको बहुचर्चित ‘रुपा गौतम हत्याकाण्ड’को बिषयमा निष्पक्ष छानविन र दोषीलाई कारवाही गर्न ‘आम युवा टिम’ले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आठ बर्षदेखि छानविनमै रहेको हत्याकाण्डमा संलग्नको खोजी, पहिचान र कारवाहीका लागि युवाहरुको समुह ‘आम युवा टिम’ले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको हो ।
    ‘आम युवा टिम’का सदस्य बागलुङका युवा सोम शर्माको नेतृत्वमा गृह मन्त्रालय पुगेको समुहले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा घटनालाई उच्च प्राथमिकतामा राखेर निष्पक्ष अनुसन्धानको निम्ति निर्देशन दिन भनिएको छ ।
    ‘बागलुङको अन्सल्भ्ड केशको रुपमा रहेको २०७१ भाद्र १२ गतेको रुपा गौतम हत्याकाण्डको तुरुन्त निष्पक्ष छानबिन गर्न आग्रह गर्दै उच्चस्तरिय पहलस्वरुप गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छौं । र, तत्कालै सम्बन्धित अधिकारीलाई यस सन्दर्भमा निर्देशनात्मक आदेश समेत दिनुभएको छ ।’ गृहमन्त्रीलाई भेटेपछि शर्माले लेखेका छन् ‘अब लुकेर र ढुक्कको साथमा बसेका ती अपराधी छिटै बाहिर आउनेछन् र बागलुङले न्याय पाउनेछ ।’
    गौतमको हरितालिका तिजको दिनमा बागलुङ नगरपालिका वडा नम्बर ३ स्थित बोक्सेको खाल्डोमा दिउँसैै घांटी रेटेर बिभत्स हत्या भएको थियो । काठेखोला गाउँपालिका–६ निवासी गौतम तीजमा माईती पुगेर फर्किने क्रममा हत्या भएको थियो । हत्या पश्चात निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्नहरुको पहिचान भैनसकेको बताउँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend