२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बिहुँकोट अमर क्याम्पसको १० औं बार्षिकोत्सव


कोपिला कँडेल
  • १९ पौस २०७९ , मंगलबार

  • बिहुँकोट अमर क्याम्पसको १० औं बार्षिकोत्सव

    बागलुङ, १९ पुस– जिल्लाको काठेखोला गाउपालिका वडा नं. ५ स्थित बिहुँकोट अमर क्याम्पसको १० औ बार्षिकोत्सव बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
    बर्षिकोत्सवको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा तिलकले शिक्षा क्षेत्रमा राज्य र नागरिकले गरेको लगानीअनुसार प्रतिफल प्राप्त गर्न नसकेको बताउँदै पालिकाले समय अनुकुलको बैज्ञानिक र व्यवहारिक शिक्षाका लागि शैक्षिक नीति निर्माण गर्न लागेको बताए ।
    क्याम्पस प्रमुख केशवप्रसाद कँडेलले क्याम्पसको आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा पुर्वसांसद गोबिन्द प्रसाद शर्मा कंडेल, अमर माबिका प्रधानाध्यापक भिष्म कँडेल, महिला नेत्री ज्ञानकुमारी श्रीस शर्मा, संचालक समितिका सदस्य प्रेम पुन, शिब प्रसाद कँडेल, कर्मिल आधारभुत बिद्यालयका लिलाधर कंडेल, हिरालाल सापकोटा, प्राध्यापक शंकर कँडेल, संस्थापक सदस्य खगिसरा न्यौपाने, जापान समाज बिहुकोटका अध्यक्ष नारायण प्रसाद कडेल (राजु) क्याम्पस का संस्थापक अध्यक्ष नविन प्रसाद कँडेल, अभिबावक डिल बहादुर विक, बिद्यार्थी गौरी कँडेलले बोलेका थिए ।
    क्याम्पस संचालक समितिका अध्यक्ष गौरीशंकर शर्मा सुबेदीको अध्यक्षता, प्राध्यापक बिमला चपाईको स्वागत र प्राध्यापक गणेश प्रसाद कँडेलको संचालनमा सम्पन्न कार्यक्रममा बिबिएस प्रथम वर्षमा उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रतिक्षा गुरुङलाई पुरस्कृत गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend