२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

एउटै भवनबाट उच्च र जिल्ला अदालतको सेवा


जनमञ्च संवाददाता
  • २१ पौस २०७९ , बिहिबार

  • एउटै भवनबाट उच्च र जिल्ला अदालतको सेवा

    बागलुङ, २१ पुस– उच्च अदालत पोखरा बागलुङ इजलासको सुविधासम्पन्न भवन निर्माण थालिएपछि उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाट दिन थालिएको छ ।
    २०७२ सालको भूकम्पले कमजोर बनाएको भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालिएपछि उच्च अदालतको सेवा बागलुङ नगरपालिका वडा नम्बर २ रुद्रेपिपलमा रहेको जिल्ला अदालतको भवनबाट दिन थालिएको उच्च अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिए ।
    ‘न्याय सम्पादनमा असर नपर्ने गरी उच्च अदालतको सेवा एक महिनादेखि जिल्ला अदालतबाट दिन थालेका छौँ, उच्च अदालतका रजिष्टार नेत्रप्रसाद भूसालले भन्नुभयो, ‘आवास भने भाडाको घरमा पु¥याएका छौ ।’ नागरिकले एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा पाएको भूसालको भनाई छ ।
    रजिष्ट्रार भुसालका अनुसार ३० महिनाभित्रै उच्च अदालतको भवन पुननिर्माण सक्ने गरी धमाधम काम भइरहेको छ । अदालतको भवन तथा आवास निर्माणका लागि ५७ करोड ४२ लाखमा श्यामसुन्दर पशुपति जेभीले ठेक्कामार्फत काम थालेको हो ।
    उच्च अदालतको भवन पुननिर्माण गर्न बजेट अभाव हुँदा ७ वर्षपछि मात्रै थालिएको हो । उच्च अदालतको भवन र सामूहिक आवास, अथितिगृह लगायत संरचना एकैसाथ निर्माण थालिएको मुख्य न्यायाधिश कृष्ण गिरीले जानकारी दिए ।
    भूकम्पपछि जिर्ण भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भएपनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेको थियो । दुईवटा इजलास रहेको उच्च अदालतमा नयाँ भवन निर्माणसँगै छवटा इजलास कक्ष हुनेछन् ।
    नयाँ निर्माण हुने भवन प्रविधि, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी हुने सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् । अन्डरग्राउण्डसहित साढे छ तलाको भवनमा विद्युतीय लिफ्टको समेत व्यवस्था छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend