२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा


जनमञ्च संवाददाता
  • २१ पौस २०७९ , बिहिबार

  • ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा

    मुस्ताङ, २१ पुस– घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको हो ।
    गाउँपालिकाभित्र रहेका पाँचवटै वडाका ज्येष्ठ नागरिकलाई धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा भ्रमण गराउने उद्देश्यसहित करिब एक सय ५० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई पोखरा, लुम्बिनी, मनकामना र चितवनको सौराहासम्म भ्रमण गराइने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।
    ज्येष्ठ नागरिक भएका कारण बाटोमा समस्या नहोस् भनेर प्रत्येक वडाबाट एक÷एकजना वडा संयोजक र स्वास्थ्यकर्मीलाई खटाइएको अध्यक्ष लालचनले बताए । प्रत्येक वर्ष गाउँपालिकाको बजेटबाट कर्मचारी र जनप्रतिनिधि भ्रमणमा जाने प्रचलनलाई तोड्दै यस वर्ष भने ज्येष्ठ नागरिकको सम्मानका लागि धार्मिकस्थल भ्रमण लैजाने निर्र्णय भएको उनले जानकारी दिए ।
    उनले भने, ‘गन्तव्य एउटै भए पनि सहज वातावरण मिलाउन प्रत्येक वडाबाट वडाध्यक्षलाई सहजीकरणको जिम्मा दिइएको छ ।’ ज्येष्ठ नागरिकका लागि भनेर यस धार्मिक भ्रमणमा पाँचवटै वडाका लागि रु १५ लाख बजेट छुट्याइएको छ । विशेषगरी धार्मिकस्थल भ्रमणार्थ लुम्बिनीमा मात्रै करिब दुई दिन बिताउने समय तालिका रहेको अध्यक्ष लालचनले बताए ।
    ज्येष्ठ नागरिक र त्यसमाथि पनि सबैजना बौद्ध धर्मावलम्बी भएकाले लुम्बिनीलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । उनले भने, ‘उमेर गएका वृद्धहरु पटकपटक घुमफिर गर्न नपाउने भएकाले यस वर्ष उहाँहरुलाई महत्वका साथ हेरिएको हो ।’ पहिलोपटक गाउँपालिकाले आयोजना गरेको यो धार्मिक अवलोकन भ्रमण साँच्चिकै महत्वपूर्ण रहेको बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend