२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

जनमत माध्यामिक विद्यालयको ४२ औैैं बार्षिकोत्सव


जनमञ्च संवाददाता
  • २२ पौस २०७९ , शुक्रबार

  • जनमत माध्यामिक विद्यालयको ४२ औैैं बार्षिकोत्सव

    बागलुङ, २२ पुस– गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले संघिय शिक्षा ऐन छिटो आउनुपर्ने बताएका छन् ।
    बागलुङ नगरपालिका वडा नं. १३ स्थित जनमत माध्यामिक विद्यालयको ४२ औैैं बार्षिकोत्सव उद्घाटन गर्दै सुवेदीले ऐन अभावमा धेरै कम अलपत्र परेको बताउँदै सामुदायिक शिक्षा सुधार्न राज्यबाटै पहल हुनुपर्ने बताए ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल, विद्यालयका संरक्षक डिल्लीराम रिजाल, बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले विद्यालयको शिक्षा सुधारका लागि अभिभावक र शिक्षक दुवैको उत्तिकै भुमिका हुने बताए ।
    कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष टेकबहादुर रोका, नेकपा माओबादी केन्द्रका अध्यक्ष रेशमबहादुर खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामप्रसाद अधिकारी स्थानीय रामबहादुर खत्री, चन्दादाता आनन्द प्रकाश शर्मा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भवानी प्रसाद रिजाल, विद्यालयमा स्थापना भएको प्रतिभा पुरस्कारका संरक्षक गणेश रिजाल लगायतले बोलेका थिए ।
    कार्यक्रममा विद्यालयका प्रधानध्यापक लक्ष्मीकान्त पौडेलले विद्यार्थीको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको संचालन गरेको आर्थिक अभियान अन्तरगत एकसातामा मात्र २० लाख रुपैयाँ संकलन भएको छ ।
    कार्यक्रममा २ लाख रुपैयाँभन्दा बढि सहयोग गर्ने दाता शिव प्रसाद रिजाल र चन्द्रबहादुर खत्री सहितलाई सम्मान गरिएको थियो । बार्षिकोत्सव मुल समारोहकै अवसरमा विद्यालयका शिक्षक परशुराम रिजाल, ठाकुर प्रसाद रिजाल, गोमा केसीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend