२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

महिलातर्फ आर्मी सेमिफाइनलमा प्रवेश


जनमञ्च संवाददाता
  • २७ पौस २०७९ , बुधबार

  • महिलातर्फ आर्मी सेमिफाइनलमा प्रवेश

    काठमाडौं, २७ पुस– सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट २५–११ ले जित्यो भने दोस्रो सेट २५–१० को जित निकाल्यो । त्यस्तै खेलको तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो ।
    त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछन् भने उपविजेताले दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले एक लाख पाउनेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend