२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बल्देधुरी घटनाका आरोपित १६ जनालाई जन्मकैद


जनमञ्च संवाददाता
  • २८ पौस २०७९ , बिहिबार

  • बल्देधुरी घटनाका आरोपित १६ जनालाई जन्मकैद

    बागलुङ, २८ पुस– होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैदको फैसला भएको छ ।
    जिल्ला अदालत बागलुङको आदेशले ती युवाहरु जन्मकैदमा परेका हुन् । मंगलबार भएको जिल्ला न्यायाधिस डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाइएको हो । घटनामा संलग्न एक बालकलाई भने सुधार गृह पठाइने भएको छ ।
    २०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो । स्वतस्फूर्त रुपमा लाग्ने मेलामा रमाउन गएका युवाहरुबीच अभिर लगाएको बिषयमा बिबादसंगै झडप हुँदा हत्याको घटना भएको हो ।
    घटनामा बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दिपक परियारको मृत्यु भएको थियो । बडिगाड गाउँपालिका वडा नं. १० का युवाहरुले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो । घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो ।
    घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवाहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो । दुई जना तारेखमा छुटेका थिए । एक जना उच्च अदालतको आदेश र अर्का सर्बोच्चको आदेशमा छुटेका थिए ।
    आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको हो । मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरुलाई जन्मकैद फैसला भएको हो । जन्मकैद सजाय अनुसार उनीहरु सबैलाई २५ बर्ष कैद हुनेछ । घटना हुँदाका दिन १८ बर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइने भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend