२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

ऐतिहासिक स्थलको संरक्षणमा जैमिनी


जनमञ्च संवाददाता
  • ५ माघ २०७९ , बिहिबार

  • ऐतिहासिक स्थलको संरक्षणमा जैमिनी

    बागलुङ, ५ माघ– जिल्लाको जैमिनी नगरपालिकाले पालिकामा रहेका ऐतिहासिक स्थल तथा भुटेटाकुरे राज्यलाई संरक्षण गर्न थालेको हो । नगरपालिकाले लगानी गरेर चौबिसे राजाको पालाको भुरेटाकुरे राज्यमध्येको थन्थापकोट, गढी, थन्थापमाईको मन्दिर र महत्तवका सामग्री संरक्षणको पहल सुरु गरेको हो ।
    नगरपालिकाको वडा नं. ४, ७ र १० को संगमस्थलमा रहेको भग्नावशेष भइसकेका गढीका तोप र ऐतिहासिक हातहतियार संरक्षण गरेर राख्न थालिएको पालिकाले जनाएको छ । गलकोटे राजाको संरक्षणमा रहेको थन्थाप राज्यरजौटा हटेपछि हिनामिना भएको र तोपसमेत जंगलमा फालिएको अवस्थामा भेटेपछि गाउँले मिलेर संरक्षण गरेको स्थानीय नरवीर थापाले जानकारी दिए ।
    स्थानीय टीकाराम शर्माले यहाँ १८६५ सालको ताम्रपत्र भेटिएको जानकारी दिए । रिपु नाम गरेका राजा र जयन्ती नाम गरेकी रानीले राज गरेको किंवदन्ती रहेकोे शर्माले बताए ।
    थन्थाप मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले उक्त स्थान पुराना बंकरसमेत रहेको र राज्यले समयमा चासो नदिएपछि प्राचीनकालका ऐतिहासिक सामग्री हराएको गुनासो गरे । इतिहासका प्रमाण मेटिन लागेपछि भने नगरपालिकाले लगानी गरेर संरक्षण गरेको हो ।
    संरचना निर्माण र संरक्षणका लागि जैमिनी नगरपालिकाले १ करोड बढी लगानी गरिसकेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । ऐतिहासिक स्थल हो भन्ने धेरै आधार भएकाले संरक्षणको काममा चासो दिइएको शर्माको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend