२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

शैक्षिक गुणस्तर अभिवृद्विका लागि प्रअहरुसंग छलफल


जनमञ्च संवाददाता
  • ५ माघ २०७९ , बिहिबार

  • शैक्षिक गुणस्तर अभिवृद्विका लागि प्रअहरुसंग छलफल

    बागलुङ, ५ पुस– शिक्षा विकास तथा समन्व्य इकाई कार्यालय बागलुङले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि माध्यामिक बिद्यालयका प्रधानाध्यापहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।
    जिल्लाको शैक्षिक विकास र गुणस्तर अभिबृद्धिमा सहयोग पु¥याउने उद्देश्यले इकाई कार्यालयले बागलुङ, जैमिनी नगरपालिका, बरेङ, ताराखोला र काँठेखोला गाउँपालिकाका माबिका प्रधानाध्यापहरुसंग छलफल तथा अन्तरक्रिया गरेको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको बताए । उनले बिद्यार्थीहरुको अभिलेखिकरण चुस्त दुरुस्त हुनुपर्ने र परिक्षा संचालन विधि पनि व्यवस्थित तथा मर्यादित हुनुपर्नेमा जोड दिए ।
    इकाई प्रमुख कुश्मराज उपाध्यायले जिल्लाको शैक्षिक अवस्था, सिकाई उपलव्धी, चुनौती, समस्या र समस्या समधानका उपाएका वारेमा जानकारी गराएका थिए । कार्यालयका बिदुर शर्मा चापागाईले रजिष्टेशन, आवेदन, कार्यसम्पादन मुल्याङ्कन तथा फारमका बिषयमा सहजिकरण गरेका थिए ।
    त्यसैगरी, मालिका माविका प्रधानाध्यापक बालकृष्ण सापकोटाले नविनतम शिक्षण बिधी र धौलागिरि बिरेन्द्र माविका केशवराज पौडेलले पाठ्यक्रम र मुल्याङ्कनका बिषयमा सहजीकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend