२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

बाँदर नियन्त्रण गर्न पैयुमा रुख र झाडी सफा गर्ने अभियान


जनमञ्च संवाददाता
  • ७ माघ २०७९ , शनिबार

  • बाँदर नियन्त्रण गर्न पैयुमा रुख र झाडी सफा गर्ने अभियान

    पर्वत, ७ माघ– जिल्लाको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बस्ती आसपासका रुख र झाडी सफा गर्ने अभियान थालेको छ । बाँदर प्रकोप न्यूनीकरणका साथै बस्तीका संरचनाको सुरक्षाका लागि रुख काट्न थालिएको गाउँपालिकाले जनाएको छ ।
    ‘पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि नियन्त्रण गर्न रुख र झाडी सफा गर्ने अभियान थालिएको हो’ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ले भने, ‘बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर आसपासका रुख कटान गरिने छ ।’
    बढ्दो बाँदर आतंकले कृषकले उत्पादन गरेको बालीनाली र मान्छेलाई समेत क्षति पुग्ने गरेको छ । बसाइसराई कम भएको तथा जनसंख्या वृद्धिदर हुँदा गाउँमा चहलपहल बढेपनि अहिले तिनै गाउँहरू सुनसान हँुदा जंगली जनावरको आतंक बढेको ठकुरीले बताए ।
    रूख काट्ने अभियानका लागि पालिकाले प्रत्येक वडामा एक÷एक वटा रुख काट्ने मेसिन र १५ दिनका लागि दुई÷दुई जना कामदार खटाएको छ । बाँदरले बर्षामा मकै सखाप पार्छ भने हिउँदमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची तहसनहस पार्ने गरेको छ ।
    गाउँपालिकाले निर्णय गरेपछि वडा कार्यलयहरुले निर्णय कार्यान्वयनका लागि रुख काट्ने अभियानलाई तीव्रता दिईरहेका छन् । पैयुँ गाउँपालिका टकलाकका वडाध्यक्ष मीन प्रसाद न्यौपानेले गाउँ जंगलले ढाकिएर बाँदर र आक्रामक वन्यजन्तुको जोखिम बढ्दै गइरहेकोले पालिकाको निर्णयअनुसार बस्ती आसपासका रुख हटाउन थालिएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend