९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण


जनमञ्च संवाददाता
  • १२ माघ २०७९ , बिहिबार

  • पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण

    पर्वत, १२ माघ– स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै डेढ करोड मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छन् ।
    मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आएका गिरीले स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखामार्फत उपलब्ध आधुनिक मेसिन हस्तान्तरण गरेका हु । पर्वत अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै मन्त्री गिरीले पिछडिएको क्षेत्रमासमेत गुणस्तरीय स्वास्थ्य सेवाको पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए ।
    ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने मन्त्री गिरीले प्रतिबद्धता व्यक्त गरे । ‘गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पु¥याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गछौ’ गिरीले भने ।
    गिरीले पर्वतका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा गरे । पर्वत अस्पतालमा ५० शैया अनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend