९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेप्से परिसूचक झिनो अंकले घट्यो


जनमञ्च संवाददाता
  • १२ माघ २०७९ , बिहिबार

  • नेप्से परिसूचक झिनो अंकले घट्यो

    काठमाडौं, १२ माघ– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ ।
    आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अंकले ओरालो लागेर चार सय १३ दशमलव १४ मा झरेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये कूल एक सय एक कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
    आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भएको छ ।
    नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७० लाख ९५ हजार सात सय छ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी सात करोड ३८ लाख ६८ हजार आठ सय ९४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी छ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
    नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त, बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सूर्योज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले आठ दशमलब २३ प्रतिशतले कमाएका छन् ।
    त्यस्तै, समृद्धि फाइनान्स सात दशमलब ६८, सप्तकोसी डेभलपमेन्ट बैंक चार दशमलब ५०, ग्रीन भेञ्चर्स चार दशमलब ५०, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend