म्याग्दी, १३ माघ– विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या पठाइएको छ । भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको हो ।
बुधबार क्रेनबाट दूई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा लगिएको थियो । शिलाको विधिवत पुजाआजा गरि बाजागाजा र भजनसहित हस्तान्तरण गरेर शोभायात्रा माफर्त बजार परिक्रक्रमा गराएर शिलालाई पठाईएको बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले जानकारी दिए ।
अयोध्यामा निर्माणधिन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य मुर्ति बनाएर राख्नका लागि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो ।
बेनी नगरपालिका मेयर सुरत केसीले पवित्र कालीगण्डकी नदीबाट धेरै लामो समय टिक््ने शिला पहिचान गरेर २६ टन र १४ टनका दुई थान शिलालाई बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले २ नम्वर प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै जानकी मन्दीरले अध्योध्यालाई हस्तान्तरण गरिने प्रक्रिया रहेको बताए ।
दुई थान शिला लिन आउनुभएका अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्सिंह पंकजले कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको बताए ।