२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

रास्वपालाई गृह नदिए सरकारबाट बाहिरिने रविको चेतावनी


जनमञ्च संवाददाता
  • १७ माघ २०७९ , मंगलबार

  • रास्वपालाई गृह नदिए सरकारबाट बाहिरिने रविको चेतावनी

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

    मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन् ।

    बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् ।

    ुउहाँहरूले भागबन्डाअनुसार पाएको मन्त्रालय दिनुपर्ने अडान लिनुभयो । गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । तर, प्रधानमन्त्रीज्यू तत्कालै दिने मनस्थितिमा हुनुहुन्न,ु बालुवाटार स्रोतले भन्यो ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए । माओवादी केन्द्रभित्र रास्वपालाई गृहमन्त्रालय दिन नहुने पक्षमा अधिकांश नेताहरू रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend