१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार बागलुङ आउँदै


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार बागलुङ आउँदै

    बागलुङ, ९ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार बागलुङ आउने भएकी छन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको निमन्त्रणामा उनी बागलुङ आउन लागेकी हुन् ।
    गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवतीको दर्शनका लागि उनी आउन लागेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बुधाबार बिहान दश बजे राष्ट्रपतिले कालिका भगवती मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको छ ।
    राष्ट्रपतिको भ्रमणपछि बागलुङ कालिकाको प्रचार प्रसार थप बढ्ने भएकाले भ्रमणका लागि निम्तो दिईएको खड्काले बताए । राष्ट्रपति भण्डारीले बागलुङ कालिकाको पहिलो पटक भ्रमण गर्न लागेकी हुन् ।
    राष्ट्रपतिको भ्रमणअघि नै बागलुङ कालिका भगवती मन्दिरको कलात्मक संरचना पुननिर्माणको सकिने गरी धमाधम काम भैरहेको छ । राष्ट्रपति भ्रमणको बिषलाई लिएर सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल सकिएको अध्यक्ष खड्काले बताए ।
    राष्ट्रपतिको सवारीको समयमा समेत मन्दिरको नियमित पुजापाठ भने नरोकिने गुठीले जनाएको छ । कालिका मन्दिरको दर्शनका लागि गणतन्त्र स्थापनापछि पहिलो पटक राष्ट्रपतिको भ्रमण हुने भएकाले भ्रमणलाई गुठीले बिशेष रुपमा लिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend