१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बालविवाहले गलकोटको बालमैत्री नगर घोषणामा चुनौती


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७९ , शुक्रबार

  • बालविवाहले गलकोटको बालमैत्री नगर घोषणामा चुनौती

    बागलुङ, १२ फागुन– बालविवाह हटाउन नसक्दा गलकोट नगरपालिकाको बालमैत्री अभियानमा चुनौती थपिएको छ । गलकोटले बालमैत्री नगरका लागि ५१ सूचकमध्ये ५० सूचक पूरा गरिसकेको छ ।
    तीन वर्षअघिदेखि सुरु बालमैत्री नगर घोषणा अभियानमा बालविवाह मुक्त नगरको सूचक भने पूरा हुन नसकेको हो । गलकोट नगरपालिका वडा नम्बर ७ र ४ मा हुने गरेका बालविवाहले अभियाननै प्रभावित भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । तीन वर्षदेखि लाग्दापनि बालविवाह पूर्णतः हटाउन नसकिएको गरैले स्वीकारे ।
    बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ सूचकमध्ये १२ शिक्षा र १३ वटा स्वास्थ्य क्षेत्रबाट पूरा गर्नुपर्ने हुन्छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्नेछ । तर, गलकोटका विभिन्न स्थानमा बालविवाह भएको रेकर्ड भेटिएपछि अभियानलाई तोकेको समयमा पूर्णता दिन नसकिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend