१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

चिल्ड्रेन लाइफको २३ औं वार्षिकोत्सव सकियो


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७९ , शुक्रबार

  • चिल्ड्रेन लाइफको २३ औं वार्षिकोत्सव सकियो

    बागलुङ, १२ फागुन– चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समयअनुसार शिक्षामा सुधार गर्नुपर्ने बताए ।
    आत्मनिर्भर शिक्षाका लागि बिद्यालयहरुले पहल गर्नुपर्ने सुझाव दिँदै श्रेष्ठले पछिल्लो समय जागिर खानका लागि मात्रै बिदेश जाने पद्दतीभन्दा उत्पादनको क्षेत्रमा लाग्ने जनशक्ती चाहिएको धारणा व्यक्त गरे ।
    अभिभावक संघका अध्यक्ष केवी रानामगर, अभिभावक हेमराज पौडेल, शिक्षक दिपेन्द्र न्यौपाने, बिद्यार्थीहरु प्रमिस केसी र आस्था पौडेललगायतले बोलेको कार्यक्रममा प्रधानाध्यापक नवराज श्रेष्ठले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कंडेलको अध्यक्षता, उपाध्यक्ष उशा पौडेलको स्वागत र शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यार्थीले विभिन्न गीत संगीत र अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।
    यसैबीच, चिल्ड्रेन लाइफ बोडिङ स्कुलले आइएसओ चिन्ह तथा मान्यता पाएको छ । बिभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले विद्यालयलाई प्रमाणचिन्ह प्रदान गरेको हो ।
    वार्षिकोत्सवमा कुँडुलेस्थित मुक्तिनाथ बेद विद्याश्रमका संचालक ऋषि प्रपन्नाचार्यले आइएसओ चिन्ह तथा लोगो सार्वजनिक गरेका थिए ।
    आइएसओ चिन्ह पाएको बिद्यालयबाट उत्तिर्ण हुने बिद्यार्थीले अन्तराष्ट्रिय बजारमा रोजगारी पाउन सहज हुने बिद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले चिन्ह पाएपछि नियमित गरिने अनुगमनका सूचक अद्यावधिक गर्ने काम चुनौतीको भएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend