१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ह्याट्रिक गरेको बागलुङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७९ , मंगलबार

  • ह्याट्रिक गरेको बागलुङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड

    बागलुङ, १६ फागुन– बागलुङ नगरपालिकाले एघारौंं राष्ट्रपति रनिङ शिल्ड जितेको छ । लगातार तीन पटकसम्म शिल्ड जितेको बागलुङ नगरपालिकाले फिर्ता गर्न नपर्ने गरी आफ्नो बनाएको हो ।
    जिल्ला खेलकुद बिकास समितिको आयोजनामा चार दिनदेखि संचालित प्रतियोगितामा बागलुङ नगरपालिकाले सबैभन्दा धेरै स्वर्ण पदक जित्यो । बागलुङले १८ स्वर्ण, १३ रजत र १० कास्य पदक गरी ४१ पदक पाएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बागलुङले एथलेटिक्समा ८, कबड्डीमा १ तेक्वान्दोमा ३, उसुमा ५ र करातेमा १ स्वर्ण पाएको थियो ।
    प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १७ कास्य गरी ३१ पदक जितेर बडिगाड गाउँपालिका दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ५ कास्य १८ पदक जितेर गलकोट नगरपालिका तेस्रो भयो । ९८ स्वर्ण, ९८ रजत र १ सय १० कास्य पदकका लागि खेल भएको थियो ।
    खेलको अन्तिम दिन मंगलबार आयोजित संक्षिप्त समापन समारोहमा खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काले बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई शिल्ड हस्तान्तरण गरे । खेलका हरेक इभेन्टमा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार समेत दिइएको थियो ।
    खेलको आर्कषणको रुपमा रहेको पुरुष भलिबलको उपाधि गलकोटले उचालेको छ । महिला तर्फको उपाधि भने बरेङ गाउँपालिकाले उचाल्यो । मंगलबार भएका पुरुष तर्फको फाइनल खेलमा गलकोटले जैमिनी नगरपालिकालाई २३–२५, २५–१५ र २५–१८ को सेटमा जित हात पारेको थियो । तेस्रो स्थानको खेलमा भने बडिगाड गाउँपालिकाले निसीखोलालाई पराजित गरेर स्थान सुरक्षित बनायो । बडिगाडले २५–१६, २५–१६ र २५–२२ को सेटमा पराजित गरेको हो ।
    प्रतियोगितामा निसीखोलाले ६ स्वर्ण, २ रतज र ४ कास्य पदक जितेर चौथो भयो । जैमिनी नगरपालिकाले ४ स्वर्ण, ८ रजत र १४ कास्य पदक जित्यो । काठेखोला गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्यो । ताराखोलाले २ स्वर्ण, २ रजत गरी ४ पदक जितेको थियो । ढोरपाटन नगरपालिकाले २ स्वर्ण, १ रजत र २ कास्य पदक जित्यो । बरेङले १ स्वर्ण ६ रजत र ५ कास्य पदक जितेको थियो । तमानखोलाले भने कुनैपनि पदक जित्न सकेन ।
    पदक विजेता खेलाडी सम्मान
    बागलुङ नगरपालिकाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । मंगलबार आयोजित बिशेष कार्यक्रममा पदक जित्ने सबै खेलाडीलाई एकएक हजार नगदसहित सम्मान गरिएको हो ।
    नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्याय तथा नगरशिक्षा प्रमुख धनप्रसाद पोखरेलले खेलाडीलाई सम्मान गरे ।
    कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले खेलाडीको मनोबल उचो बनाउने काममा नगरले निरन्तर साथ र सहयोग गर्ने बताए । उपप्रमुख खड्काले खेलाडीलाई बधाइ ज्ञापन गरे । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षता, शिक्षा शाखाका अधिकृत गौरव रानाको संचालन र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend