१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कर्तव्यज्यान मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७९ , बुधबार

  • कर्तव्यज्यान मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

    पर्वत, १७ फागुन– कर्तव्य ज्यानसम्बन्धी कसुरमा फरार एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार पर्वतको पैयुँ गाउँपालिका घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा बस्दै आएका ४८ वर्षीय डबिन गुरुङलाई पक्राउ परेका हुन् ।
    सर्वोच्च अदालतले २०६६ साल फागुन ३ गतेको फैसलामा गुरुङलाई ‘कर्तव्यज्यान’ सम्बन्धी कसुरमा ८ वर्ष २ महिना २३ दिन कैद सजाय सुनाएको थियो । अदालतको आदेशसँगै फरार रहेका गुरुङलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरेको हो ।
    गुरुङलाई मंगलबारनै पर्वत जिल्ला अदालत उपस्थित गराएर कारागार चलान गरिएको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।
    यसैबीच, बागलुङको बरेङ गाउँपालिकामा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ । मंगलबार विद्यालय जाँदै गर्दा भिरबाट लडेर धुल्लुबास्कोटकी ८ वर्षीया प्रतीक्षा घर्ती मगरको ज्यान गएको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend