१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

नेतृत्वमा सहमति नजुट्दा मगर संघको अधिबेशन अनिश्चितकालका लागि स्थगित


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७९ , बुधबार

  • नेतृत्वमा सहमति नजुट्दा मगर संघको अधिबेशन अनिश्चितकालका लागि स्थगित

    बागलुङ, १७ फागुन– नेपाल मगर संघ बागलुङको नवौं अधिबेशन अनिश्चितकालका लागि स्थगित भएको छ । नयाँ नेतृत्वमा सहमति जुट्न नसक्दा अधिबेशन स्थगित गरिएको हो ।
    आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाले दावेदारी पेश गरेका थिए । बागलुङ नगरपालिका–३ का गगन पुन, काठेखोला गाउँपालिकाका श्याम पुन र वडिगाड गाउँपालिकाकी गीता श्रीषले अध्यक्षमा दाबी गरेका छन् । तीनै जनाले अध्यक्षको दाबी नछोडेपछि अधिबेशन स्थगित भएको हो ।
    सहमतिका लागि पटक पटक प्रयास गर्दा समेत अध्यक्ष र अन्य पदाधिकारीमा सहमति जुट्न नसकेको अध्यक्ष गणेश थापाले बताए । ‘अध्यक्ष टुंगो लागेको भए अन्य पदाधिकारीमा केही सहज हुन्थ्यो तर, नेतृत्व नै टुंगो लगाउन सकिएन’ थापाले भने ‘भर्खरै मतदानमार्फत टुंगो लगाउने वातावरण नरहेकाले अधिबेशन स्थगित भएको हो ।’
    केन्द्रिय महाधिबेशनका लागि प्रतिनिधि छनोट गरेर अधिबेशन स्थगित भएको थापाले जानकारी दिए । संघमा राजनीतिक आस्थाका आधारमा भागवण्डा नमिलेकाले अधिबेशन स्थगित भएको हो । स्रोतका अनुसार नेपाली कांग्रेस निकट गिता श्रीष, माओबादी निकट गगन पुन र एकिकृत समाजवादी निकट श्याम पुनले आफ्नो दाबी छोडेका छैनन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend