१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

पर्वतका होम–स्टेमा पर्यटकको चहलपहल


जनमञ्च संवाददाता
  • १९ फाल्गुन २०७९ , शुक्रबार

  • पर्वतका होम–स्टेमा पर्यटकको चहलपहल

    पर्वत, २० फागुन– जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित घरबासमा पर्यटकको चहलपहल बढ्दै गएको छ । कोरोना महामारीले ठप्प बनेका जिल्लाका अधिकांश घरबासमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् ।
    मोदी गाउँपालिकाको चित्रेस्थित सामुदायिक घरबासमा आउने पाहुनाको संख्या दैनिक बढ्दै गएको छ । ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् ।
    धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम–स्टेमा आउनेहरु आकर्षित हुने गरेका छन् । अहिले पोखरा र काठमाडाँैबाट समूह बनाएर पर्यटक आउन थालेको गुरुङले बताइन् ।
    चित्रेमा वार्षिक तीन हजारभन्दा बढी पर्यटक होम–स्टेमा पुग्ने गरेको तथ्यांक छ । ‘कोभिडमा पनि होम–स्टे खुला गरेका थियौँ, आन्तरिकसंगै बाह्य पर्यटक आउने क्रम सुरु भएको छ’, उनले भनिन्, ‘विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।’
    चित्रेको होम–स्टेलाई व्यावसायिकभन्दा पनि सेवामुखी बनाइएको छ । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होम–स्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ ।
    चित्रेहुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासे पुग्ने ‘रुट’ रहेकाले पदयात्रामा जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ संग्राहलय बनाउने तयारी गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend