१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना सर्वसम्मत


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना सर्वसम्मत

    बागलुङ, २१ फागुन– राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना सर्वसम्मत चयन भएका छन् । सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको पार्टीको सातौं जिल्ला सम्मेलनबाट ढुंगाना अध्यक्षमा सम्मत चयन भएका हुन् ।
    सम्मेलनबाट राजमो बागलुङको उपाध्यक्षमा खिमबिक्रम शाही, सचिवमा भीमलाल पोखरेल, सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।
    अधिवेसनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको बैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुंगो लगाएको छ ।
    जिल्ला कमिटि सदस्यहरुमा कृष्ण पौडेल, नेत्रबहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिल बहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरि बहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, बिष्णु बस्नेत, पनबहादुर बिक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टिकासंगम बिक, खडक बिक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान बिक चयन भएका छन् ।
    बैकल्पिक जिल्ला सदस्यमा प्रेम प्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन भएका छन् ।
    यस्तै, सल्लाहकारहरुमा अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आर.सी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टिकाराम शर्मा चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend