१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

धौलागिरी जागरणको १६ औं वार्षिकोत्सव


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७९ , मंगलबार

  • धौलागिरी जागरणको १६ औं वार्षिकोत्सव

    बागलुङ, २३ फागुन– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव ढोरपाटनमा सम्पन्न भएको छ ।
    वार्षिकोत्सवको उद्घाटन गर्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायतले विकासका लागि चेतना आवश्यक रहेको र आम समुदायलाई स्थानीय स्रोत साधनको पहिचान, परिचालन र प्रयोगका लागि सचेतना प्रदान गर्नुपर्नेमा जोड दिए ।
    ढोरपाटन क्षेत्र शिकार आरक्ष मात्रै होइन, पर्यटन, कृषिलगायत धेरै हिसाबले ढोरपाटन क्षेत्र मुलुककै आर्थिक विकासको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थलका रुपमा रहेपनि सडक व्यवस्थित बनाउन नसक्दा ढोरपाटन चिनाउन नसकिएको कायतले बताए ।
    कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष लक्ष्मण पुन, ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खीम बहादुर घर्ति, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य लोकेन्द्र सुनार, सहकारी सल्लाहकार डिलबहादुर कार्की, सम्पादक रामबहादुर जिसी, आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत मन्दिप पंगेनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सह–सम्पादक सिर्जना पन्तले गरेकी थिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend