१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

विश्वहिन्दु महासंघ बागलुङको अध्यक्षमा लामिछाने


जनमञ्च संवाददाता
  • २७ फाल्गुन २०७९ , शनिबार

  • विश्वहिन्दु महासंघ बागलुङको अध्यक्षमा लामिछाने

    बागलुङ, २७ फागुन– बिश्वहिन्दु महासंघ बागलुङको दोश्रो जिल्ला अधिवेसनले जव्वरबहादुर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
    शनिबार सम्पन्न अधिवेसनले बरिष्ठ उपाध्यक्षमा रमेश राजभण्डारी, उपाध्यक्षमा गौरी शंकर सुवेदी, चन्द्रप्रसाद सापकोटा, पार्वती शर्मा, सचिवमा हरिप्रसाद उपाध्याय, सहसचिवमा बिष्णु सापकोटा, चुडामणी शर्मा, धनराज सापकोटा र कोषाध्यक्षमा टेकबहादुर केसी संगमलाई चयन गरेको छ ।
    यस्तै, सदस्यहरुमा इन्द्रराज पौडेल, देविप्रसाद पाठक, बिश्वनाथ रेग्मी, केशव कार्की, पार्वती केसी, गम्भिरा घिमिरे, पुनमप्रसाद उपाध्याय, मेखबहादुर खत्री, नरिश्वर शर्मा, भक्तिप्रसाद सापकोटा, श्रीधर कँडेल, नरबहादुर किसान, बिरेन्द्र पौडेल, टंक सापकोटा, छत्रनाथ शर्मा, ज्ञानेन्द्रराज गैरे, केन्द्रप्रसाद खनाल र मेघराज पाण्डे रहेका छन् ।
    अधिवेसनको उद्घाटन गर्दै खरालले सनातन धर्ममाथि बढीरहेको आक्रमणलाई सामना गर्नुपर्ने बताए । उनले आफ्ना सनातन धर्म संस्कृतिलाई जोगाउने वातावरण बनाउन राज्यको ध्यानाकर्षण पनि गरे । ओमकार परिवार भित्रका सबै मिलेर अगाडि बढ्न सके नेपालको धर्म र संस्कृति माथीको आक्रमण रोकिने उनको धारणा थियो ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, महासंघका केन्द्रिय सदस्य ऋषीकेश सिँह शाह, केन्द्रिय सदस्य जगन्नाथ आचार्य, गण्डकी प्रदेश महिला समुहका अध्यक्ष पार्वती पौडेल, महासंघ म्याग्दीका अध्यक्ष दण्डपानी शर्मा र इश्कोन बागलुङका संचालक अच्युत भण्डारीले मंतव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा टंकनाथ लिलावती उपाध्याय स्मृति कोषबाट कुडुले संस्कृत पाठशालाका बिद्यार्थी मनोज भट्ट र उपल्लाचौर आधारभुत बिषेश बालकक्षका बिद्यार्थी सोविता किसानलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता, उपाध्यक्ष विश्वनाथ रेग्मीको स्वागत र सचिव हरिप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend