बागलुङ, ३० फागुन– रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताहअन्तर्गत मंगलबार कोरोना एकेडेमीमा बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बिभिन्न ६ बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा अमर आदर्श आवसीय मावि प्रथम, कोरोना एकेडेमी द्धितीय, न्यु ओइसीस तृतीय र मुलपानी मावि सान्त्वना भएको कार्यक्रम संयोजक सन्तोष बोहोराले जानकारी दिए ।
कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल चालिसेले बिद्यार्थीको प्रतिभा प्रस्फुटन र क्षमता अभिबृद्धिका लागि यस्ता खालका कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष बालकृष्ण शर्मा र रोट्रयाक्ट जोन १७ का जेडआरआर ताराप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगरको अध्यक्षता, आगामी अध्यक्ष तथा सप्ताहका मूल संयोजक सुस्मिता केसीको स्वागत र कार्यक्रम संयोजक सन्तोष बोहोराको संचालनमा सम्पन्न भएको थियो ।
सप्ताहअन्तर्गत पाँचौ दिन ह्विल चियर बितरण, छैटौ दिन रोट्रयाक्ट र रोटरीबीच मैत्रीपूर्ण फुटसल र अन्तिम दिन रोट्रयाक्ट क्लव अफ गल्कोटसंगको सहकार्यमा समापन तथा फेलोसिप कार्यक्रम रहेको मूल संयोजक सुस्मिता केसीले जानकारी दिइन् ।