बागलुङ, ५ चैत्र– पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो गण्डकी गोल्डेन ब्रिज छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार खातुनलाई अचेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।