१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

म्याग्दीको पटारमा ‘एक घर, एक धारा’


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७९ , बुधबार

  • म्याग्दीको पटारमा ‘एक घर, एक धारा’

    म्याग्दी, ८ चैत्र– जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको हो ।
    पटारका बासिन्दासमेत रहनुभएका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरी लाभान्वित भएको जानकारी दिए । ‘घरआँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ’ तिलिजाले भने ।
    पटारमा दुईवटा सार्वजनिक धारासमेत निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए । पटार खानेपानी आयोजना निर्धारित समयमै सम्पन्न भएको वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।
    आयोजना निर्माण गर्न २६ लाख ७४ हजार तीन सय १४ लागत अनुमान गरिएको थियो । वेल्फेयरको १७ लाख ६ हजार आठ सय ९७ र उपभोक्ताको ९ लाख ६७ हजार चार सय १६ को लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ ।
    गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा अन्नपूर्ण गाउँपालिकामा थप दुईवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । पटारसहितका तीन आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसंख्या लाभान्वित हुनेछन् ।
    एक करोड ४० लाख १४ हजार ९ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिक स्थलमा १ सय ८ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रवन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend