बागलुङ, ८ चैत्र– क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिकाले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य केसी र यू–१९ टोलीका सदस्य भण्डारीलाई सम्मानित गरेको हो ।
बागलुङ नगरपालिका–८ सिगानाका केसी र काठेखोला गाउँपालिका–१ पालाका भण्डारीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको हो । नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने केसीलाई १ लाख र यु–१९ टोलीलाई विश्वकपमा पु¥याउने भण्डारीलाई ५० हजार रुपैयाँसहित सम्मानित गरेको हो ।
खेलाडीलाई बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का र गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौबीले सम्मान गरेका थिए ।