१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

नेपालको जनसंख्या तीन करोड पुगेन, २७ हजारले घट्यो


जनमञ्च संवाददाता
  • १० चैत्र २०७९ , शुक्रबार

  • नेपालको जनसंख्या तीन करोड पुगेन, २७ हजारले घट्यो

    काठमाडौं, १० चैत्र– राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् ।
    सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।
    सार्वजनिक विवरणअनुसार पुरुषकाे जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) रहेको छ । महिला १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छन् । यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।
    पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेकाे राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियाे । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend