१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

उपभोक्ता समिति गठनमै सकस, कसरी होलान् वडाका योजना कार्यान्वयन ?


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७९ , सोमबार

  • उपभोक्ता समिति गठनमै सकस, कसरी होलान् वडाका योजना कार्यान्वयन ?

    बागलुङ, १३ चैत्र– जिल्लाका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा योजना कार्यान्वयनका लागि कठिनाइ भएको हो ।
    वर्षाअघि काम सक्नेगरी काठेखोला गाउँपालिका ६ नं. वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीका योजना निर्माणका लागि बजेट विनियोजन गरेपनि उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन ।
    उपभोक्ता समितिमा बस्ने जनशक्तिको अभावका कारण दुवै विद्यालयका योजना अघि बढ्न नसकेको वडाध्यक्ष बृहस्पति शर्माले बताए । एउटा योजनामा सात जना समिति र तीन जना अनुगमन समिति गरी १० जना उपभोक्ता आवश्यक पर्दछ ।
    एउटा योजनामा बसेको उपभोक्ता योजना सम्पन्न नभएसम्म अर्काे समितिमा बस्न नपाउने प्रावधान छ । वडाले चालु आर्थिक वर्षमा साना–ठूला गरी ४९ योजना तयार गरेको छ । वडा, गाउँपालिका, प्रदेश र संघ सरकारका अधिकांश कार्यक्रम उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रकृतिका छन् ।
    शिक्षक, कर्मचारी र राजनीतिक दलमा आवद्ध पदाधिकारी उपभोक्ता समितिमा बस्न पाउँदैनन् । समितिको काम गर्दा प्राविधिक ज्ञान आवश्यक पर्ने तथा व्यक्तिगत खर्च हुने भएकाले उपभोक्ताले दायित्व बोक्न नचाहने प्रवृत्ति बढेको शर्माले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend