१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न संघ सरकारको आनाकानी : मुख्यमन्त्री अधिकारी


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७९ , बुधबार

  • प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न संघ सरकारको आनाकानी : मुख्यमन्त्री अधिकारी

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघीय सरकारले प्रदेशमा अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेको बताएका छन् ।
    बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमीको अवसरमा आयोजित चैते दशैं मेलाको मुल समारोह उद्घाटन गर्दै अधिकारीले देशका तीनै तह बलियो बनाउन प्रदेश सरकारले संबिधानको व्यवस्थाअनुसार अधिकार प्रयोग गर्न पाउनुपर्ने बताए ।
    ‘प्रदेशलाई अधिकार दिँदा संघ कमजोर हुने होईन, झन् बलियो पो हुन्छ त’ अधिकारीले भने ‘प्रदेशलाई काम लगाउनुको साटो संघले अधिकारमा अंकुश लगाइरहेको छ, कानूनको अभाव छ, भूमीको उपयोग गर्ने अधिकारसमेत दिईएको छैन् ।’
    गण्डकी विश्वविद्यालयबाट खानी इञ्जिनियरिङ बिधाको अध्यापनका लागि दरवन्दी स्वीकृत भएको स्मरण गर्दै अधिकारीले प्रदेश सरकारले स्थानअनुसार सम्भावनाको खोजी गरेर बिकास गर्ने दाबी गरे । ‘हामीसँग भएको युरेनियमको अध्ययन बेलायती ल्याएर गराउने होइन, हाम्रै उत्पादनले गर्नुपर्छ’ अधिकारीले भने ।
    अधिकारीले डिपिआरको चरणमा रहेको उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणका लागि बागलुङले दबावमुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । ‘११ जना प्रदेशका, दुई जना संघका माननीय हुनुहुन्छ’ अधिकारीले भने ‘उत्तरगंगाको बिषयमा तपाईहरु दबावमा लाग्नुहोस, म ढाल बनेर उभिन तयार छु ।’
    कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङको बिकासका लागि साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
    कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा शर्माले स्वागत र निसान खड्काले सञ्चालन गरेका थिए । मेलामा बिभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम चलिरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend