१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ट्याक्टरमा च्यापिएर युवाको मृत्यु


जनमञ्च संवाददाता
  • २२ चैत्र २०७९ , बुधबार

  • ट्याक्टरमा च्यापिएर युवाको मृत्यु

    बागलुङ, २२ चैत्र– ट्याक्टरमा च्यापिएर बागलुङको गलकोट नगरपालिका वडा नं. ११ रिघाको मनेवामा एक जनाको मृत्यु भएको छ ।
    बडिगाड गाउँपालिका वडा नं. २ खर्बाङ बजारबाट गलकोटको हटियाबजार आउँदै गरेको ध १ त ६०९ नम्बरको ट्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो ।
    ट्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्याक्टरले च्यापिँदा घाइते सलामीको र उद्धार गर्दागर्दै मुत्यु भएको प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।
    ट्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्याक्टरले पार्किङ गरी राखिएको लु ६३ प ९०९ नम्बरको स्कुटर च्याप्दा क्षति भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend