१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बागलुङमा जेसिज कप फुटबल हुने


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७९ , बिहिबार

  • बागलुङमा जेसिज कप फुटबल हुने

    बागलुङ, ३० चैत्र– आगामी बैशाख १७ देखि २३ गतेसम्म बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसंग जोड्ने उदेश्यले जेसिज बागलुङको अयोजनामा ‘जेसिज कप फुटबल’ प्रतियोगिता हुन लागेको हो ।
    प्रतियोगितामा साविक धौलागिरि अंचलका बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका क्लबहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षकलगायत पाँच अलग–अलग विधिामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले बताए ।
    प्रतियोगिता संचालन गर्न १९ लाख लागत लाग्ने अनुमान गरेको आयोजकले स्थानीय सरकार, व्यापारिक प्रतिष्ठान, खेलकुद तथा विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरुबाट सहयोग प्राप्त भएको जेसिज बागलुङका अध्यक्ष सौरभ श्रेष्ठले जानकारी दिए । पछिल्लो समय बागलुङमा शुन्य जस्तै बनेको फुटबल गतिविधिलाई चलायमान गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने जेसिजको अपेक्षा छ ।
    आयोजक जेसिजले प्रतियोगितामा सहभागिता जनाउनको लागि विभिन्न क्लबहरुसंग संवाद गरिरहेको जनाएको छ । १६ टोलीले सहभागिता जनाउने अनुमान गरेको आयोजकले प्रतियोगितालाई सफल बनाउन सबैसंग सहयोगको अपेक्षा गरेको छ । खेलबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनको अध्यक्षता सौरभ श्रेष्ठ, स्वागत कार्यकारिणी उपाध्यक्ष गणेश महतो र संचालन महासचिव अञ्जीला श्रेष्ठले गरेकी थिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend