२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

बस दुर्घटनाका घाइतेको अवस्था सामान्य


जनमञ्च संवाददाता
  • १ बैशाख २०८० , शुक्रबार

  • बस दुर्घटनाका घाइतेको अवस्था सामान्य

    म्याग्दी, १ बैशाख– काठमाडौंबाट मुस्ताङको जोमसोम जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएका चारै जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ ।
    काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङहुँदै थोरङ्लापास गरी बेंसीसहर निक्लन हिँडेका मजदुरहरु सवार बस बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं. १ तिप्याङ नजिकै शुक्रबार बिहान दुर्घटनामा परेको थियो ।
    दुर्घटनामा परी ओखलढुंगा जिल्लाको मलङ गाउँपालिका वडा नं. ७ की मिङ्मा शेर्पा, खिचिरेम्बा गाउँपालिका वडा नं. १ की छम्जी शेर्पा, सिन्धुपाल्चोक जिल्लाको पाँचपखीथान गाउँपालिका वडा नं. ६ का मिङ्मार तामाङ र लिसिम्वोपहर गाउँपालिका वडा नं. १ का पूर्ण लामा घाइते भएका थिए ।
    बेनी अस्पतालमा उपचाररत घाइतेहरुलाई टाउको, खुट्टा, हात र ढाडमा बढी चोट लागेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उक्त बसमा सवार अन्य यात्रु भने अर्को बस व्यवस्था गरी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बसमा २१ जना सवार थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend