१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

नेबिसंघको स्थापना दिवशमा अस्पतालका बिरामीलाई फलफूल बितरण


जनमञ्च संवाददाता
  • ६ बैशाख २०८० , बुधबार

  • नेबिसंघको स्थापना दिवशमा अस्पतालका बिरामीलाई फलफूल बितरण

    बागलुङ, ६ बैशाख– नेपाल बिद्यार्थी संघको ५४ औं स्थापना दिवशको अबसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ ।
    नेविसंघ धौलागिरि बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा अस्पतालका ४० जना बिरामीलाई फलफूल बितरण गरिएको इकाइ सभापति दिनेश पन्तले बताए । कार्यक्रममा संघका जिल्ला र क्याम्पस स्तरका नेता उपस्थित थिए ।
    स्थापना दिवशको अबसर पारेर क्याम्पसमा रचनात्मक क्रियाकलाप गर्दै आएको नेविसंघले बुधबार बिरामीलाई पनि सहयोग गरेको हो । उक्त अबसरमा पन्तले नेविसंघको स्थापना र महत्वबारे प्रकाश पारेका थिए । उक्त अबसरमा स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका उपसभापति दिपक सुवेदीले कार्यक्रमको संचालन तथा स्वागत गरेका थिए ।
    २०२७ सालमा बिपिन कोइराला नेविसंघको संस्थापक अध्यक्ष भएका थिए । कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराइले पहिलो सभापति घोषणा गरेको दिनलाई नेविसंघले स्थापना दिबशको रुपमा मनाउँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend