१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बेनी–बागलुङ सडक एक साता बन्द


जनमञ्च संवाददाता
  • ६ बैशाख २०८० , बुधबार

  • बेनी–बागलुङ सडक एक साता बन्द

    प्रतिकात्मक तस्बिर

    म्याग्दी, ७ बैशाख– म्याग्दीको बेनीदेखि रत्नेचौरहुँदै बागलुङ जिल्ला जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडकमा एक साताका सवारी आवागमन बन्द गरिएको छ ।
    बेनी–बाग्लुङ सडकअन्तर्गत बेनी नगरपालिका–१ र २ मा पर्ने रत्नेचौर–खबरा खण्ड कालोपत्रे गर्न वैशाख १२ गतेसम्मका लागि यातायात पूर्णरूपमा बन्द रहने बेनी नगरपालिकाले जनाएको छ ।
    सडक खण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए । एक सातासम्म यातायातका साधन बेनी–मालढुंगाहुँदै बागलुङ आउजाउ गर्ने पूर्वाधार कार्यालयले सुझाएको छ ।
    १४ किलोमिटर बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमप् सडक बागलुङमा पर्छ । बागलुङ क्षेत्रमा पर्ने सडक कालोपत्रे भइसकेको छ भने म्याग्दी क्षेत्रको सडकमध्ये साढे तीन किमी सडक कालोपत्रे गर्न बाँकी थियो । रत्नेचौरबाट बेनीको खबरासम्मको उक्त सडक कालोपत्रे गर्ने काम २०७४ मा १३ करोड १५ लाखको लागतमा कालोपत्रेको ठेक्का देव एण्ड सायर बीएन जेभीले लिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend