१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

तित्याङ–भकूण्डे जोड्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल


जनमञ्च संवाददाता
  • ९ बैशाख २०८० , शनिबार

  • तित्याङ–भकूण्डे जोड्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल

    बागलुङ, ९ बैशाख– बागलुङ नगरपालिका–९ तित्याङ र वडा नं. १० भकुण्डेको सिमानामा पर्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपैयाँको लागनीमा पुल निर्माण भएको हो ।
    तित्याङ र भकुण्डेका सर्वसाधारणले ओहोरदोहोर गर्ने खोलामा बर्षा याममा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्दै आएका थिए । ५३ मिटर लामो पुल ‘ रिठ्ठा खोला झोलुङ्गे पुल उपभोक्ता समितिले निर्माण गरेको हो । झोलुङ्गे पुल निर्माणपछि स्थानीयको जोखिमपूर्ण यात्रा अन्त्य भएको उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद शर्माले बताए ।
    २०७७ साल मंसिरबाट निर्माण थालिएको पुल निर्माण सम्पन्न भएपछि शनिबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्दै पौडेलले बागलुङमा चालु आर्थिक बर्षमा थप ३७ वटा पुल निर्माण हुने चरणमा रहेको बताए ।
    सोही अबसरमा पौडेलले बागलुङ नगरपालिकाको सहयोगमा झप्री सामुदायिक भवन उपभोक्ता समितिले तयार गरेको सामुदायीक भवनको उद्घाटन गरेका थिए ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वडा अध्यक्षहरु तिलबहादुर थापा, राजु थापा, नेकपा एमालेका उपसचिव गणेश थापा, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend