जीप दुर्घटनाका घाइतेको धौलागिरि अस्पतालमा उपचार गरिदै । –तस्बिर : सन्जु कोइराला/बागलुङ
बागलुङ, १० बैशाख– जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन् । ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आइतबार दुर्घटना भएको हो ।
दुर्घटनामा परी जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र चालक अविशेक श्रेष्ठ घाइते भएका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार, घाईते चारै जनाको अवस्था सामान्य रहेको छ । जीपको ब्रके फेल भएर मध्यपहाडी लोकमार्गदेखि १० मिटर तल खसेको थियो ।
