१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग


जनमञ्च संवाददाता
  • १३ बैशाख २०८० , बुधबार

  • रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

    म्याग्दी, १३ बैशाख– जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सयभन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभैंसीको मलमूत्र संकलन गरेर राखेका छन् । घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब संकलन गर्न खाडल बनाएका छन् ।
    ‘खेतीबाली र तरकारीमा रोगकीरा व्यवस्थापन गर्न गाईबस्तुको पिसाब संकलन गरेका हौँ’ गर्बुजाले भने, ‘रासायनिक मलको विकल्पमा खेतीबालीमा जैविक कम्पोष्ट र विषादीको विकल्पमा गाईवस्तुको पिसाब प्रयोग गरेका छौँ ।’
    खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएका विषादीको विकल्पमा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गरिएको वडा सदस्यसमेत रहेका गर्बुजाले बताए । १ सय पाँच घरधुरी रहेको घराम्दीका बासिन्दाले रासायनिक मलको विकल्पमा स्याउला र गाईबस्तुको गोबर कुहाएर प्रांगारिक मल प्रयोग गर्दै आएका छन् ।
    ‘तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन्’ घराम्दीका ६५ वर्षीय तिलक पुर्जाले भने, ‘गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन ।’ आलु, गहुँ र मकै घराम्दीको मुख्य खेतीबाली हुन् ।
    किसानले कीरा भगाउन संकलित गहुँत खेतबारीमा छर्केने गरेका छन् । डडुवा नियन्त्रण गर्न गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिमुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी भएको स्थानीय तीर्थ फगामीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend