१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

भृकुटी माबिमा अक्षयकोष


जनमञ्च संवाददाता
  • १६ बैशाख २०८० , शनिबार

  • भृकुटी माबिमा अक्षयकोष

    बागलुङ, १६ बैशाख– बडिगाड गाउँपालिका वडा नम्बर ८ को भृकुटी माबिमा अध्ययन गर्ने बालबालिकालाई प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिएको छ ।
    स्थानीय गंगाराम श्रीष पुनले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि रकम समेत हस्तान्तरण गरेका छन् । यो बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरुले दैनिक चार घण्टासम्म पैदल हिड्नुपर्ने बाध्यता रहेको छ ।
    दलीत, बिपन्न र मजदुरका बालबालिका पढ्ने भएकोले अक्षयकोषबाट अत्यावस्यक सामाग्री किनेर दिने व्यवस्था गरिएको प्रधानाध्यापक टेकप्रसाद श्रीषले बताए । ‘गंगाराम श्रीष पुन गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष’मा आउने व्याजबाट छात्रवृत्ति दिईनेछ ।
    शैक्षिक सामाग्री दिनेगरी बिद्यालयले कार्यविधि बनाउन लागेको छ । अक्षयकोष संचालनका लागि दानदाता, प्रधानाध्यापक र लेखापाल रहेको तीन सदस्य समिति गठन गरिएको छ । भौगोलिक कठिनाइको कारण समस्या भोगेका, बिपन्न परिवारमा भएकोलाई कोषले बिद्यार्थीमा पढ्ने हौसला थप्ने श्रीषले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend