बागलुङ, २४ बैशाख– निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका वडा नं. ६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी पाँच वर्षीया छोरी साकिराको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।