१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बडिगाडमा शिक्षक सेवा तयारी कक्षा सञ्चालन


जनमञ्च संवाददाता
  • २६ बैशाख २०८० , मंगलबार

  • बडिगाडमा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

    बागलुङ, २६ बैशाख– बडिगाड गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । शिक्षक सेवा आयोगको प्राथमिक तहको परिक्षामा सहभागी हुन इच्छुक युवाहरुलाई लक्षित गरी कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
    पछिल्लो समय शिक्षित युवा जनशक्ति विदेश पलायन बढिरहेको र शिक्षक सेवा जस्तो प्रतिस्पर्धात्मक सेवामा स्थानीय युवाको आकर्षण बढाउन तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।
    आयोगको तयारी कक्षा लिन बिद्यार्थीहरु धेरै धनराशी खर्चेर बुटवल, काठमाडौं र पोखरा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न निशुल्क कक्षा सञ्चालन गरिएको हो ।
    तयारी कक्षा भौतिक उपस्थिती एवम् अनलाइन दुबै विधिमार्फत हुने गाउँपालिकाका शिक्षा अधिकृत पुरन घर्तीले बताउनुभयो । १५ दिनसम्म सञ्चालन हुने कक्षाले शिक्षाको क्षेत्रमा विद्यमान शैक्षिक बेरोजगारीको अन्त्य गर्दै शिक्षामा युवाको आकर्षण बढाउन सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।
    तयारी कक्षाका सहभागीलाई दैनिक खाजा र पुस्तकको व्यवस्था गाउँपालिकाले नै गरेको छ । तयारी कक्षामा पालिकाभित्रका ३५ युवा सहभागिता छन् । विद्यार्थीको माग र सहभागिताअनुसार अन्य कक्षाहरु सञ्चालन गर्ने पालिकाको योजना छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend