१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०८० , शनिबार

  • गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं, ६ जेठ– हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आगामी तीन दिनसम्म देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनसम्म देशका पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि उक्त प्रदेशमा भारी वर्षा भएको मौसमविद् श्रेष्ठले बताए । ‘गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ, तर यो थोरै समय अर्थात् एकदेखि दुई घण्टा मात्रै वर्षा हुनेछ’, उनले भने ।
    बाँकी प्रदेशका पहाडी भूभाग विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मोसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । पश्चिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भूभाग सुक्खा रहेका छन् ती भूभागमा वर्षाको सम्भावन नरहेको मौसमविद् श्रेष्ठले बताए ।
    भोलि आइतबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा काँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend