१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०८० , बुधबार

  • गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७

    पोखरा, १० जेठ– राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेश अन्र्तगतका जिल्लाको जनसंख्या २४ लाख तीन हजार सात सय ५७ थियो ।
    तथ्यांक कार्यालय कास्कीले मंगलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी प्रदेशका ११ जिल्लामा रहेको जनसंख्याको तथ्यांक सार्वजनिक गरेको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्यांक सार्वजनिक गरेकी हुन् ।
    राष्ट्रिय जनगणनाअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा पुरुषको संख्या ११ लाख ७० हजार आठ सय ३३ अर्थात् ४७ दशमलब ४७ प्रतिशत छ भने महिलाको संख्या १२ लाख ९५ हजार पाँच सय ९४ अर्थात ५२ दशमलब ५३ प्रतिशत रहेको छ ।
    जनगणनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या कास्कीमा ६ लाख ५१ छ भने सबैभन्दा कम जनसंख्या मनाङमा पाँच हजार छ सय ५८ जना छ । जनधनत्वको हिसाबमा पनि कास्की जिल्लामा २ सय ९५ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमिटरमा बसोबास गर्छन् ।
    पछिल्लो मतगणनाको नजिता प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले गण्डकीका ११ जिल्लामध्ये कास्कीमा वार्षिक जनसंख्या वृद्धिदर १.९० प्रतिशत र सबैभन्दा कम मनाङमा वार्षिक वृद्धिदर माइनस १.३९ प्रतिशत रहेको जानकारी दिऐ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend