१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

प्रभातलाई रिहा गर्न माग गर्दै बागलुङमा प्रर्दशन


जनमञ्च संवाददाता
  • १८ जेष्ठ २०८० , बिहिबार

  • प्रभातलाई रिहा गर्न माग गर्दै बागलुङमा प्रर्दशन

    बागलुङ, १८ जेठ– जर्बजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धि मुद्दामा म्याग्दी प्रहरीको हिरासतमा रहेका बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका २३ वर्षिय प्रभात बसेललाई निसर्त रिहाईको माग गर्दै बिहिबार बागलुङ बजारमा विरोध प्रर्दशन गरिएको छ ।
    बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कबाट शुरु भएको विरोध ¥यालीले बजारका विभिन्न भाग परिक्रममा गरेको थियो । म्याग्दीकी गैरदलित युवतीसंग भागी विवाह गरेका भल्गर तथा मोटरसाइकल राइडर समेत रहेका बसेललाई प्रहरीले गत जेठ ७ गते पोखराबाट पक्राउ गरेको थियो ।


    बागलुङका दलित अगुवा र बसेलका आफन्तले अन्तरजातिय विवाह गरेकै कारण केटी पक्षबाट झुठा मुद्दा लगाएर बसेललाई फसाउन खोजेको भन्दै निसर्त रिहाईको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । दलित अगुवाले घटनाको निष्पक्ष छानवीन गरी न्याय दिलाउने वातावरण सिर्जना गर्न समेत माग गरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरका अनुसार, बसेलविरुद्व एक युवतीले जर्बजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धि किटानी जोहरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend