१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

अमेरिकन स्वाइन फिभरबाट ४ सय बंगुर मरे, किसानलाई लाखौंको क्षति


जनमञ्च संवाददाता
  • १९ जेष्ठ २०८० , शुक्रबार

  • अमेरिकन स्वाइन फिभरबाट ४ सय बंगुर मरे, किसानलाई लाखौंको क्षति

    बागलुङ, १९ जेठ– अमेरिकन स्वाइन फिभरबाट बागलुङमा ४ सय बंगुर मरेका छन् । व्यवसायिक रुपमा पालिएका बंगुर एकाएक मरेपछि किसानले लाखौँको क्षति व्यहोर्नुपरेको छन् ।
    बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ मा व्यावसायिक रूपमा पालिएका बंगुर अमेरिकन स्वाइन फिभर संक्रमणले धमाधम मरेपछि खोर नै रित्तो हुन थालेको बंगुरपालक किसान गणेशबहादुर पुनले बताए ।
    ‘केही दिनदेखि दैनिक बंगुर मर्न थालेका छन्, पुनले भने, ‘बिहान ठीकठाक भएका बंगुर साँझ मर्ने गरेका छन्, नगरपालिका, भेटेरिनरी अस्पतालमा गुहार गरेपछि परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ’ पुनले भने ।
    बागलुङ बजार क्षेत्रमा ५४ किसान व्यवसायिक बंगुरपालनमा आवद्व छन् । ४ सय बंगुर मर्दा किसानलाई २ करोड बराबरको क्षति पुगेको अर्का बंगुरपालक किसान डिलमाया थापाले बताइन् । ‘मेरै खोरमा १५ वटा बंगुर मरिसके’ थापाले भनिन्, ‘दैनिक खोर रित्तिँदै जाँदा किसानको उठिबास लागेको छ ।’
    अहिले मरिरहेका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए । ‘जैमिनीमा पहिलोपटक किसानले पालेका बंगुरको परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिभर’ देखापरेको थियो’, सापकोटाले भने ।
    मरेका ४० बंगुरबाट नमूना संकलन गरी पोखरा पठाईएको छ । किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखिएको विज्ञ केन्द्रले जनाएको छ । बर्ड फ्लु प्रकृतिको घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’ रहेको पशु प्राविधिक केशव शर्माले बताए ।
    यो संक्रमण भएमा सुँगुर, बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखापर्छन् । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको संख्यामा बंगुर पाल्दै आएको केन्द्रको तथ्यांकमा उल्लेख छ । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend