१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

मलेसियाविरुद्ध टी–२० शृंखलाको उपाधि नेपालले जित्यो


जनमञ्च संवाददाता
  • २१ जेष्ठ २०८० , आइतबार

  • मलेसियाविरुद्ध टी–२० शृंखलाको उपाधि नेपालले जित्यो
    KUALA LUMPUR, MALAYSIA - MAY 29: during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on May 29, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

    काठमाडौं, २१ जेठ– अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टीमले टी–२० शृंखलाको उपाधि जितेको छ ।
    शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो । तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३–२ ले आफ्नो पक्षमा पा¥यो ।
    शृंखलाको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो । जवाफमा दोस्रो इनिङमा नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो र शानदार जित निकाल्यो । नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन जोडिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend