१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

विश्व वातावरण दिवसमा सरसफाई


जनमञ्च संवाददाता
  • २२ जेष्ठ २०८० , सोमबार

  • विश्व वातावरण दिवसमा सरसफाई

    बागलुङ, २२ जेठ– विश्व वातावरण दिवसको अवसरमा यहाँको एक विद्यालयले सडक तथा सार्वजनिक स्थलको सरसफाई गरेको छ । अमर आदर्श माध्यामिक विद्यालयको माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सडक र सार्वजनिक स्थल सरसफाई गरेको हो ।
    बागलुङ बजारको ट्राफिकचोक, माझकोटचोक तथा बागलुङ बजार–भकुण्डे जोड्ने पुल आसपासका क्षेत्रमा सरसफाई गरिएको सहायक प्राचार्य कमल पन्तले बताए । ‘प्लाष्टिकजन्य प्रदुषणबिरुद्ध लागौं’ भन्ने नाराका साथ मनाईएको दिवसमा विद्यार्थीलाई सरसफाई र प्रदुषणको बिषयमा जानकारी गराईएको पन्तले बताए ।
    सरसफाई कार्यक्रममा विद्यार्थीले उत्साहपूर्ण सहभागिता जनाएका थिए । बागलुङमा अन्य सरकारी तथा सामाजिक संघ संस्थाले विश्व वातावरण दिवस मनाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend